साँगितिक दुनियाँका उड्दै सुवास

Written by Artist Sansar

नव गायक सुवास सुन्दासको एकल एल्बम “उड्न देउ” रीलिज गरीएको छ…[+]

बिगत २ बर्ष अघी देखी नै नेपाली संगीतमा पाईला चालेका नव गायक सुवास सुन्दासको एकल एल्बम “उड्न देउ” रीलिज गरीएको छ । गायक, संगितकार र गीतकारको रुपमा पनि स्थापित हुन खोजेका सुन्दासको यस् एल्बमलाई कुन्ती मोक्तान र शिला महादुर मोक्तान र आफ्नै बुवाको हातबाट सार्बजनिक गरीएको थियो ।
एल्बममा सात वटा गित समाबेश गरीएको छन । एल्बमका गीतमा कल्यान शिंह र सुवास सुन्दासको संगित सुन्न सकिन्छ । एल्बमको एउटा गीत तिमी छौ र ।।लाई नायिका रिमा बिस्वकर्माले लेखेकी छिन् भने अन्य गीत प्रकाश क्षणिक, डा. बिनय श्रेष्ठ, योगेन ढोली, अमित कार्कीले ले लेखेका छन । एल्ममका तिन गितको म्युजिक भिडियो समेत निर्माण भइसकेको छ भने अर्को एक गितको म्युजिक भिडियोको तयारी भइ रहेको सुवासले बताए । एल्बमलाई म्युजिक जोए मिडियाले मार्केटिङ गर्ने छ ।

About the author

Artist Sansar