एकजुनी मार्फत अरुण र मधु

Written by Artist Sansar

गीतकार अरुण तिवारीको शब्द तथा गायक मधु क्षेत्रीको गायन र संगीत समेटिएको एल्बम ‘एक जुनी’ बजारमा आएको छ..[+]

आर्टिस्ट नेपाल
गीतकार अरुण तिवारीको एकल शब्द तथा गायक मधु क्षेत्रीको एकल गायन र संगीत समेटिएको एल्बम ‘एक जुनी’ बजारमा आएको छ। यो अरुणको एकल गीत रचना रहेको आठौं एल्बम हो।

‘फूलै फूलमात्र पनि’, ‘तिम्रो सिउँदो सजाइदिने’ र ‘साइँली र माइँली पोइल गएछन्’ जस्ता सदाबहार गीतका गायक मधु क्षेत्रीले यस् एल्बमका ६ वटा गीतमा गायन र संगीत प्रस्तुत गरेकाछन् । एल्बमका ६ गीतमध्ये तीन गीत रोमान्टिक छन्, दुई गीत जीवन दर्शनमा आधारित छन् र बाँकी एउटा चाहिँ सेन्टिमेन्टल छ।

सहकार्य गरेर एल्बम निकाल्ने साइत अहिले जुरे पनि अरुण र मधु क्षेत्रीको चिनजान भने १५ वर्ष अघीदेखि नै हो । तर यो सहकार्य भने २ बर्ष अघीबाट मात्र सुरुभएको हो । शुभारम्भ म्युजिकका धर्म सुवेदीको पहल र सहयोगमा ‘एक जुनी’ एल्बमले मूर्त रूप लिन सकेको हो। वजनदार शब्दहरु र सदाबहार गायन र संगीतले संगीतका पारखीले एल्बमलाई एक जुनी सम्म स्मरण गराउन सकिने आश गरिएको छ ।

About the author

Artist Sansar