नजिकबाट गायिका आकांक्षा बस्याल, (नयाँ भिडियो ‘तिमीलाई छुँदै’ सहित)

Written by Artist Sansar

‘तिमी छौ’ गीतबाट नेपाली संगीतमा चर्चा कमाएकी गायिका आकांक्षा बस्यालको नयाँ गीतको भिडियो ‘तिमीलाई छुँदै’ सार्वजनिक भएको छ ।लभ स्टोरी म्युजिक भिडियोमा जीवन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ । म्युजिक भिडियो वीरगंजमा छायाँकन गरिएको हो।

गायिका बस्यालले गाएको गीतमा संगीतकार राजु सिंहको संगीत र डीपी खनालको शब्द रहेको छ। एरेन्ज गोपाल रसाईलीको रहेको छ । निकेश खड्काले गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन्।

नजिकबाट आकांक्षा बस्याल

नेपाली आधुनिक तथा पप संगीत क्षेत्रमा चर्चित बनिसकेको नाम हो आकांक्षा बस्याल । सानो उमेर देखीनै गित गुनगुनाउने गर्ने आकांक्षाका बाबा संगीतप्रेमी हुनुहुन्थ्यो । बिभिन्न कारणले आफु संगीतमा लाग्न नसकेपनी आफ्नो छोरीलाई गायिकाको रुपमा हेर्न चाहनुहुन्थ्यो । बाल्यकालदेखीनै गायिका बन्ने सपना देखेकी आकांक्षालाई परिवारको प्रोत्साहनले धेरै सहज भयो ।

पाल्पामा जन्मिएर ,बुटवलमा अध्ययनसँगै स्कुलहरुमा तथा बुटवलमा हुने बिभिन्न कार्यक्रममा सानै देखी गीत गाउने गरेकी आकांक्षाले भ्वाईस अफ टिन २०६७ मा म महिला तर्फको विजेता बन्न सफल भए पछी सांगितिक क्यारीयर सुरु भएको थियो ।

timi-lai-chaudai-aakanshya-bashyal

हालसम्म सयभन्दा बढी गीतमा आवाज दिएकी बस्यालको गायक कमल खत्रीसँग गाएको गीत तिमी छौ र त गीतले अत्यन्तै हिट भएपछी बिभिन्न एवार्ड तथा नेपालका अधिकांश जिल्लामा हुने सांगितिक कार्यक्रममा प्रस्तुत भईसकेकी छिन् भने अष्ट्रेलियामा पनि सांगितिक भ्रमण गरीसकेकी छन् ।

About the author

Artist Sansar