नयाँ गितको तयारीमा गायक एवम पूर्व काउन्सिलर धनकिरण

सेप्टेम्बर अन्तिम साता रिलिज गर्ने तयारीका साथ वरिष्ठ गायक धनकिरण गुरुङ यतिबेला नयाँ गीतको तयारीमा जुटेका छन् ।
नयाँ गीत ‘किन हो किन को म्यूजिक भिडियोमार्फत् गायकसंगीतकार गुरुङले आफ्नै छोरा आशिक गुरुङलाई ‘डेब्यू समेत गराउने भएका छन् ।

प्रभु गुरुङको निर्देशन रहेको भिडियोमा आशिकका साथमा सुब्रिना लिम्बूको पनि अभिनय छ । बेलायतका विभिन्न मनोरम स्थानहरुमा छायांकन् पूरा गरी अहिले भिडियोको ‘पोस्ट प्रोडक्सन’ कार्य भइरहेको गायक गुरुङले बताएका छन् । ‘किन हो किन मा शब्द र संगीत पनि गायक गुरुङकै छ भने स्वरमा उनलाई गायिका दीपा लामा राईले पनि साथ दिएकी छन् । म्यूजिक भिडियोमा कोरियोग्राफी पनि निर्देशक गुरुङले नै गरेका छन् भने क्यामेरा र सम्पादन सुमन श्रेष्ठको छ । भिडियो निर्मात्री अल्का गुरुङ हुन् ।

विगत लामो समयदेखि लण्डनमा रहँदै आएका वरिष्ठ गायक धनकिरण निस्वार्थ भावका समाजसेवी समेत हुन् । बेलायतकै पहिलो नेपाली मुलका काउन्सिलर रहेका धनकिरण गुरुङले बेलायतमै अवस्थित गोर्खा मेमोरियल फण्डमार्फत नेपालका विभिन्न दुरदराज र ग्रामीण भेगका जनतालाई शिक्षा र स्वास्थयमा पहँुच पुयार्उन विशेष सहयोग गरी महत्वपूर्ण योगदान दिँदै आइरहेका छन् ।

About the author

Dipen Bhetwal

दिपेन भेटवाल आर्टिस्ट नेपालका लागि नेपालको पूर्व प्रतिनिधि हुन्।