गायक रमेश कडरियाको नयाँ भिडियो सार्वजनिक

गायक तथा संगीतकार रमेश कडरियाको नयाँ भिडियो सुख–दुःख सार्वजनिक भएको छ । गीतकार तिलचन आचार्यको शब्द रहेको उक्त गीतमा गायक रमेश कडरिया स्वयमले संगीत भरेका छन् भने गायनमा गायिका पबित्रा आचार्यले रमेशलाई साथ दिएकी छन् ।

सुमन केसीको संगीत संयोजन, साजन साहको मिक्सिङ्ग मास्टरिङ्ग रहेको उक्त गीत ए प्लस नेपाल स्टुडियोमा रेकर्ड भएको हो । प्रेमिल शब्दहरुले सजिएको उक्त गीतको भिडियोमा टिक टक स्टार सुदिर श्रेष्ठ, जुना कार्कीको अभिनय रहेको छ।

 

मुनाल शिशिरको निर्देशन, उत्सव दाहालको छायाँङ्कनमा बनेको उक्त भिडियोलाई सिलन लम्सालले ईडिटिङ्ग र कलरिङ्ग गरेका छन् । भिडियो उत्कृष्ट बनेको र भिडियोले बजार लिन सक्ने निर्माण पक्षले जनाएको छ ।

 

About the author

Dipen Bhetwal

दिपेन भेटवाल आर्टिस्ट नेपालका लागि नेपालको पूर्व प्रतिनिधि हुन्।