गायिका लक्ष्मी परियारको आवाजमा “ रेलिमै “ भिडियो सहित ।

आर्टिस्ट संसार ,काठमान्डौँ , असार १ ।

नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा मौलिक सिर्जनाहरुको माग दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ । यहि परिप्रेक्षमा गायिका लक्ष्मी परियार र गायक सुमन परियारको आवाजमा रहेको ”रेलिमै” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमको भावलाई निकै आर्कषक रुपमा गीतमा समावेश गरिएको छ । गीतमा काल्पनिक माया भन्दा पनि फरक रुपमा जिवनको बास्तविकतालाई चित्रण गरिएको छ। मौलिक पहिचान र जिवनको वास्तविकता भएको कारणले पनि आमदर्शक तथा श्रोतको मनमुटुमा बस्नेमा आशावादी रहेको गीतका गायक सुमन परियारले बताए।
सुमन परियारको शब्द तथा अमृत सुनार र सुमन परियारको लय सिर्जना गीतमा रहेको छ । गीतमा आशिष अविरलको म्युजिक एरेन्ज रहेको छ ।

त्यस्तै भिडियोमा सागर गौतमको छायाँकन, दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन रहेको छ । गीतको भिडियोमा अन्जली अधिकारी र धुव्र हिमालीको निकै लोभलाग्दो अभिनय तथा नृत्य रहेको छ ।

-भिडियो-