अबुन पाण्डेको शब्द,संगीत तथा स्वरमा ‘प्रेम प्याला’ (भिडियो)

Written by Artist Sansar

गायिका अबुन पाण्डेको शब्द,संगीत तथा स्वरमा ‘प्रेम प्याला’सार्वजनिक भएको छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन्।

सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरि देखिएका छन्। रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिन्छ।

सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडीयोलाई राजेश शाहले निर्देशन गरेका हुन्। भिडीयोमा अरुणा घिमिरेको मेक अप , शिवराम श्रेष्ठको छायांकन ,ममता शाहको ड्रेस डिजाइन , रोहिया महर्जनको कोरियोग्राफी,प्रविन श्रेष्ठको कलर र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ।

About the author

Artist Sansar