विशाखा र सुरेनको अहिलेसम्मकै धमाकेदार गीतमा पल, सुधिर, प्रिज्मा र प्रिन्सीको अभिनय (भिडियो)

काठमाडौँ । गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको कस्तो सुहाको फुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत सिएल शर्माको रहेको छ ।

साहस शाक्यको एरेन्ज रहेको गीतमा चर्चित नायक पल शाह र सुधिर श्रेष्ठसँग दिदीबहिनीद्धय प्रिज्मा प्रिन्सी खतिवडाको गज्जब अभिनय रहेको छ ।

शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोको कोरियोग्राफी राजिव समिरको रहेको छ । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन् ।