modeling workshop in nepal

बिर्तामोडमा पहिलोपटक रनवे, स्वप्न सुमन र पारमिता आउँदै

basic photography workshop

पछिल्लो समय फेसन र मोडलिङ्गसँग सम्बन्धित विभिन्न प्रतियोगिताहरुको रौनक पूर्वमा पनि बढ्न थालेको छ। प्रायजसो एउटै फ़र्माटमा आयोजना हुने सौन्दर्य सम्बन्धि कार्यक्रमको भिडमा नयाँ कन्सेप्टमा यस्ता कार्यक्रमहरु आयोजना भइदिए हुन्थ्यो भन्ने अपेक्षा राखेका दर्शकका निम्ति झापामा पहिलोपटक आयोजना हुन लागेको कार्यक्रम बिशेष हुनसक्छ।

अलि फरक ढंगमा आयोजना हुने “Birtamod Runway 2018 with Musical Night नाम दिएको उक्त कार्यक्रमको आयोजना इन्नोभेटिभ मार्केटर्सले आयोजना गरेको हो। आगामी असोज १८ गते बिर्तामोडको होटल ग्रयाण्ड पिसमा सम्पन्न हुने यस सौन्दर्य प्रतियोगितामा मात्र सिमित नभई विशेष आकर्षण सहित भरपुर मनोरञ्जन दिने कार्यक्रमको उद्येश्य रहेको इन्नोभेटिभ मार्केटरका एमडी आशिष भण्डारी बताउँछन् । कार्यक्रममा विशेष आकर्षणको रुपमा अहिलेका यूवा ढुकढुकी गायक स्वपन सुमन र नायिका परमिता रानाको बेजोड प्रस्तुति रहनेछ।

मोडलिङ्गलाई जोडेर विभिन्न टाइटलमा प्रतियोगिताहरु आयोजना भएपनि खासगरी र्याम्प वाक, रनवे लगायतका कन्सेप्ट र यसलाई म्यूजिकल नाइटसँग समायोजन गरी नयाँ शैलीको कार्यक्रम पहिलोपटक बिर्तामोडमा हुन लागेको इभेन्टका संयोजक कमल सेडाइँ बताउँछन्। कार्यक्रमको अहिले छनौट चरण सम्पन्न भईसकेको छ । हाल ग्रुमिङ्ग अनि ट्रेनिङ्गका कक्षाहरु चरणबद्ध रुपमा अघि बढिरहेको र खासगरी विजेतालाई पुरस्कारको प्रलोभन मात्र नदेखाई ब्यावसायिक रुपमा मोडलिङ्ग र ग्ल्यामर क्षेत्रमा स्थापित गराउने प्रमुख उद्येश्य रहेको आयोजकतर्फका सन्जय बस्नेतले जानकारी दिए।

artistnepal-tv-ads