मानसको ‘उठ्न देऊ’ गितको मन छुने भिडियो ( भिडियो)

Written by Artist Sansar

गायक मानस राजको आवाजमा सजिएको ‘उठ्न देऊ’ शीर्षकको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

फरक शैलीका गीत तथा पृथक शैलीका म्युजिक भिडियोहरुमार्फत संगीतप्रेमीहरुको मन जित्न सफल गायक मानस राजले यसपटक सत्य घटनामा आधारित म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन् ।

‘भाइरल भैदियो’, ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ जस्ता गीतपछि उनले अहिले ‘उठ्न देऊ…’ तयार पारेका हुन् ।
ड्रग्स एडिक्ट तथा कुलतमा फसेकाहरुलाई हाम्रो समाज, घर परिवारले गर्ने ब्यबहार र घृणालाई म्युजिक भिडियोमार्फत देखाइएको छ ।

सञ्जीव क्षेत्री अर्थात सन्जु बाबाले बाल्यकाल देखि नै कुलतमा फसेर भोग्नु परेको दु:ख, पीडा, सामाजिक वहिष्कारलाई भिडियोमा जस्ताको त्यस्तै देखाउन खोजिएको छ भने भिडियोको अन्तिममा सन्जु बाबा कसरी कुलतबाट छुट्कारा पाएर सामाजिक जीवनमा फर्किए भन्ने कुरा आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ ।

मनिस वशिष्ठको शब्द, गायक मानस राजको स्वर र संगीत रहेको गीतलाई प्रदिप जोशीले एरेन्ज गरेका हुन् ।भिडियोलाई रिक्की कर्माचार्यले छायांकन तथा सम्पादन गरेका छन् भने गायक मानस राज स्वयंले निर्देशन गरेका छन् ।

भिडियोमा सन्जु बाबा, क्रिभिशेष खड्का, संगीता थापा, रोजन बराइली र प्रविन तामाङ वाइबालाइ फिचर्ड गरिएको छ ।

About the author

Artist Sansar