अमित बरालको “म त तिम्रै हुँ” गितमा ममताको कभर (भिडियो)

Written by Artist Sansar

एपि वान टिभी बाट आयोजित नेपालकै चर्चित रियालिटि शो नेपाल आईडलका सिजन ३ को टप ८ सम्म पुग्न सफल भएकि प्रतियोगि ममता गुरुङ्गले “म त तिम्रै हुँ” बोलको कभर गीत आफ्नै युट्युव च्यानलबाट सार्बजनिक गरेकी छिन। नेपाल आईडलका सिजन २ को टप ५ मा पर्न सफल अमित बरालको पहिलो गित “म त तिम्रै हुँ”लाई ममताले कभर गरेकी हुन्।
यस भिडियोमा ओरिजिनल म्युजिक भिडियोको पनि केहि क्लिप्स समाबेश छ जसलाई शिवराम श्रेष्ठले खिचेको थिए भने मोहनराज अधिकारीले निर्देशन र लोकेश बज्राचार्यको सम्पादन गरेका थिए।
कभर भिडीयोलाई भने अमृत सुनुवारले छायाङ्कन गरेका हुन् भने माधब बेलबासेले सम्पादन गरेका हुन् र बिशाल अर्यालले निर्देशन गरेका हुन्। भिडियो आर्टिस्टनेपाल स्टुडियोमा छायांकन गरिएको हो।
यस गितका शब्द तथा संगीतकार पुष्पन प्रधान हुन्।
– भिडियो –

About the author

Artist Sansar