गायक किरण पुन्जको ‘अन्तिम इच्छा’मा पूजा शर्मा र पुष्प खड्का ( भिडियो )

Written by ArtistNepal News

काठमाडौं – शास्त्रीय गायनका प्रशिक्षक किरण पुन्जले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘अन्तिम इच्छा’ सार्वजनिक गरेका छन्। करिव १२ वर्ष पछि यहि गीत मार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गरेका हुन्।

सेण्टिमेण्टल भर्सनको यस गीतमा गायक पुन्जका साथी राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा नायिका पूजा शर्मा र नायक पुष्प खड्का फिचर्ड छन्। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ।

निकेश खड्काको निर्देशनमा तयार पारिएको यस भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।