रिमझिम रिमझिम पानीमा बजार तताउदै बिन्दास

Written by Artist Sansar

चलचित्र बिन्दासको रिमझिम रिमझिम पानी पर्यो…..बोलको गीतमा नायिका सुष्मा कार्कीको फुल भिडियो पनि सार्वजनिक भएको छ

आर्टिस्ट नेपाल । केहि समय अगाडि नै सार्वजनिक भएको चलचित्र बिन्दासको फस्टलुकले निकै बजार ततायो । बिन्दासको फस्टलुकले नायिका शुष्मा कार्कीलाई केही आलोचित बनाए पनि केही समय पछी सार्वजनिक भएको बिन्दासको प्रोमोले ईन्टरनेट युजरलाई त निकै नै ततायो ।

अहिले चलचित्र बिन्दासको रिमझिम रिमझिम पानी पर्यो…..बोलको गीतमा नायिका सुष्मा कार्कीको फुल भिडियो पनि सार्वजनिक भएको छ । जसमा उनी निक्कै नै बोल्ड देखिएकी छिन् । पानीमा छायांकन गरिएको यो गीतमा सुष्माको जवानी प्रष्टसँग छचल्किएको देखिन्छ । नायिकाले पनि खुलेरै पानीमा आफ्नो जवानीलाई भिजाएकी छिन् ।

राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र बिन्दासलाई मधुकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्र बिन्दासमा दुईवटा गीत रहेको छ । जसमध्ये एक गीतमा सुष्माको जवानीलाई पानीमा भिजाईएको छ । नायिका सुष्मा मात्र होईन, चलचित्रबाट नै सिनेमा क्षेत्रमा उदाउने तयारीमा रहेकी नव नायिका रोशनी घिमिरे पनि मझैले पानीमा रुझेकी छिन् र उनको जवानीलाई पनि चलचित्रको पर्दामा निर्देशकले उतार्न कुनै कञ्जुस्याईं गरेका छैनन् ।

यी दुईसँग दुई नायक अशोक फुयाल र सुशान्त कार्कीले पर्दामा रोमान्स गरेको देख्न सकिन्छ । अर्जुन पोखरेलले संगीत भरेको यो गीतमा दुर्गा खरेलले आवाज दिएकी छिन् । नायक तथा नायिकालाई पानीमा रुझाउने काम नृत्य निर्देशक महेश गोदाले गरेका हुन् ।

स्मरणरहोस् ! नायिका सुष्माले आफ्नो अभिनय करियरकै सबैभन्दा बढी पारिश्रमिक अर्थात् ३ लाख ५ सय ११ रुपैयाँ यसै चलचित्रमा लिएकी हुन् ।

About the author

Artist Sansar