युट्यब ट्रेन्डिङमा दुई नेपाली चलचित्र

Written by Artist Sansar

काठमाडौं –  कुनै पनि भिडियो सामाग्रीको सफलता र असफलता मापन गर्ने तराजुको रुपमा लिने गरिएको छ, युट्युब ट्रेन्डिङ । फिल्म, गीतसंगीत वा अन्य विषयमा बनेका भिडियो ट्रेन्डिङमा परे सफलता मानिन्छ । नभए, असफलको ट्याग झुण्डिन्छ । त्यसैले जो कोही आफ्नो भिडियो सामाग्रीलाई युट्युब ट्रेन्डिङमा ल्याउन अनेकन उपायहरु अपनाउँछन् । प्रायः डलर तिरेर ‘बुस्ट’ गर्दन । तर, कतिपय यसलाई अस्वस्थ प्रतिस्पर्धा मान्दछन् ।

सफलताको मानक बनेको युट्युब ट्रेन्डिङको शिर्ष तीन स्थान केही दिनदेखि दुई नेपाली र एक साउथ इन्डियन फिल्मले कब्जा गरेको छ । दुई दिनअघि युट्युब रिलिज भएको निकेश खड्का निर्देशित फिल्म ‘फाटेको जुत्ता’ नेपाल युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । युट्यब ट्रेन्डिङमा दुई नेपाली कथानक चलचित्र आइपुगेका हुन् ।

‘फाटेको जुत्ता’ ट्रेन्डिङमा एक नम्बरमा छ भने ‘रामकहानी’ चार नम्बरमा छ । ‘रामकहानी’मा पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रवीन्द्र झा, राजाराम पौडेल लगायत कलाकार छन् ।

About the author

Artist Sansar