बहुबली स्टार प्रभास र श्रद्धा कपूरको जबर्जस्त डान्स ‘साइको सैयाँ’

Written by Artist Sansar

बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’को ‘साइको सैयाँ’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । यो गीतमा बहुबली स्टार प्रभास र श्रद्धा कपूरको डान्स गरेका छन् ।

सचेत टनडन र ध्वनी भानुशालीको स्वर रहेको गीतमा संगीत तनिष्क बागचीको रहेको छ । यो गीतमा प्रभास र श्रद्धाको जोडीलाई निकै रुचाइएको छ । फिल्ममा प्रभास र श्रद्धासँगै नील नितिन मुकेश, अरुण विजय, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे, मुरली शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

सुजितले निर्देशन गरेको फिल्म हिन्दी, तमिल, तेलगु र मलयालम चार भाषामा रिलिज गरिने छ । यो फिल्म अगस्त १५ देखि रिलिज हुँदैछ ।

About the author

Artist Sansar