तिन चलचित्र एकसाथ प्रदर्शन , अनुप, सविन र गौरवबीच प्रतिस्पर्धा

Written by Artist Sansar

तीन हप्ता अगाडि प्रदर्शनमा आएको दुई फिल्म ‘जात्रै जात्रा’ र ‘बीर विक्रम २’ को चेपुवामा पर्ने डरले गत हप्ता कुनै नेपाली फिल्म रिलिज भएनन् । यस हप्ताको शुक्रवारबाट भने सम्राट सापकोटा निर्देशित फिल्म ‘कप्स’, मदन घिमिरेको ‘काउसो’ र दीपक ओली निर्देशित फिल्म ‘कुम्भ करण’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका छन् ।

फिल्म ‘कप्स’ मा अभिनेता अनुप विक्रम शाही लिड रोलमा छन् । प्रायः नेगेटिभ रोल गर्न रुचाउने उनले यसमा भने कर्तव्यनिष्ठ एक प्रहरीको भूमिका निभाएका छन् । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको ‘कप्स’ मा अष्ट महर्जनको द्वन्द्व छ । सन्दिपा लिम्बु, अनुपा भट्टराई, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापालगायतका कलाकारहरुको पनि यस फिल्ममा अभिनय छ ।

कमेडी कथावस्तुमा निर्माण भएको फिल्म ‘काउसो’ मा भने एक्सन हिरोको रुपमा आफूलाई स्थापित गरेका सविन श्रेष्ठ प्रमुख भूमिकामा छन् । अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारीलगायतको फिल्ममा अभिनय छ । रामेश्वर हुमागाईँको छायांकन रहेको फिल्मका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् । भने, निर्माताहरु राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक र भगवान खत्री हुन् ।

यस्तै, फिल्म ‘कुम्भ करण’ मा नीशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापालगायतको मुख्य भूमिका छ । आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रोम वली हुन् । भने, क्षितिज बस्नेत र खड्क वुढाथोकी निर्माता हुन् ।

About the author

Artist Sansar