modeling workshop in nepal

८ करोड कुल लगानी उठाउन ३ चलचित्रलाई २४ करोड कुल कलेक्सन गर्नैपर्ने दबाब

basic photography workshop

काठमाडौँ,१ चैत

नेपाली चलचित्रको व्यापार खस्किदो अवस्था हुदा पनि निर्माणमा भने कमि आएको छैन । दैनिक २ चलचित्र फोलोरमा जाने गर्छन भने हरेक हप्ता २ भन्दा बढी फिल्म प्रदर्शनमा आइरहेका छन् । जसकारण निर्माताको लगानी बालुवामा पनि खानाएझैँ भाको छ ।अझको शुक्रबारको प्रदर्शनमा ‘पुरानो बुलेट’, ‘जानी नजानी’ र ‘द म्यान फ्रम काठमाडौं’ आफ्नो जादू देखाउन प्रदर्शनमा उत्रिएका छन् । ‘द म्यान फ्रम काठमाडौं’ लाई पहिलो नेपाली हलिउड फिल्म भनिएको छ ।

नेपाली फिल्मको इतिहासमा उच्च लगानीमा बनेको फिल्म यो हो । यो फिल्मले निर्माताको लगानी उठाउन घरेलु बजारमा १५ करोड ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ । विदेशी मार्केटलाई मध्यनजर गरेर निर्माण गरिएको यो फिल्म अंग्रेजी भाषामा खिचिएको भएता पनि नेपालमा भने नेपाली डब गरेर प्रदर्शन गरिएको छ । पेमा धोन्डुप निर्देशित फिल्ममा हलिउड, बलिउडदेखि नेपाली कलाकारसम्मको अभिनय छ । यस फिल्ममा बलिउड अभिनेता गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको फिल्ममा अभिनय छ ।

तेस्तै,भिषण राईको निर्देशनमा बनेको फिल्म ‘पुरानो बुलेट’ १ करोडको लगानी रहेको छ ।यस चलचित्रलाई ३ करोडको कलेक्सन गर्न दबाब रहेको छ । फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ ।

अर्को, बसन्त अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘जानी नजानी’ २ करोड लगानी रहेको छ ।यस चलचित्रलाई ६ करोड कलेक्सनको दबाब रहेको छ ।मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको यसमा अभिनय रहेको छ

चलचित्रमा लगानी गरेर लगानीकर्ताको लगानी डुबिरहेको अवस्थामा ८ करोड कुल लगानी गर्न यस हप्ता तीन फिल्मले निर्माता बचाउन २४ करोड कुल कलेक्सन गर्नैपर्ने दबाब रहेको छ ।

artistnepal-tv-ads