modeling workshop in nepal

मिस्टर एन्ड मिस बेस्ट मोडेल अफ द ईयर २०१९ अडिसनमा

basic photography workshop

युथ कृयसन नेपाल द्वारा आयोजना गरेको “मिस्टर एन्ड मिस बेस्ट मोडेल अफ द ईयर २०१९” को पहिलो अडिसन सम्पन्न भएको छ । बैशाख २७ गते मल्ल होटेलमा फाईनल हुने यस् प्रतियोगिताको कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसको हलमा अडिसन भएको हो । अडिसनमा २ दर्जन प्रतियोगीले आबेदन दिएका थिए। अडिसन मार्फत कोरियोग्राफर रोजिन शाक्य र मिस हेरिटेज क़ुईन २०१७ बिजेता रुपा लामाले ८ जनाको छनौट गरेको आयोजक सस्थाका अधक्ष रबी लामाले बताए ।

१६ देखी ३० सम्मका अविवाहित नेपाली महिला तथा पुरुषले प्रतिस्प्रधामा सहभागी हुन पाउने यस् प्रतियोगिताको अर्को अडिसन कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोज कै हलमा आगमी शनिबार अर्थात चैत्र २ गते हुनेछ । कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा संचालन यच हुने यस् प्रतियोगिताका बिजेताले सिल्भर क्राउन, गिफ्ट ह्याम्पर,थाइल्याण्ड टुर तथा अन्तरराष्ट्रिय प्याजेन्टमा पनि सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
यस् कार्यक्रमको सँगसङै मिस्टर एन्ड मिस एसईई बेस्ट मोडल अफ द ईयर २०१९ को पनि आयोजना गरिने आयोजकले बताएका छन ।

artistnepal-tv-ads