हेटौडाबाट आयो जुनी

Written by Artist Sansar

कमल श्रेष्ठ। पुष १ हेटौडा

बिगत १५ बर्ष देखि कला क्षेत्रमा लाग्नुभएका र लामो समय देखी हेटौडामा ‘हेटौडा नाचघर’ नामक कलाकेन्द्रमा नृत्यनिर्देशक गर्दै आएका गायक/ संगीतकार सुभाष गहतराजको पहिलो एकल एल्बम “जुनी” गत शुक्रबार हेटौडा स्थित पल्पसा सभा गृहमा बिबिध संस्कृतिक कार्यक्रम सहित बिमोचन गरिएको छ। हेटौडा जेसिसका भुतपुर्ब अध्यक्ष तथा नेपाल सुनचांदी ब्यबसायी संघका संस्थापक अध्यक्ष पुर्ण शाक्य, गीतकार तथा संगीतकार तुलाराम थापा, ज्ञानु थापा , सनुप पौडेल, कमल खत्री, राइज म्युजिकका फराज अर्पण, सुमन तामांग (एरेन्जर), ग्लामरनेपाल डटकमका फाउन्डर/ डाइरेक्टर कमल श्रेष्ठ र होटल ओभरसिजका विजय श्रेष्ठको आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा हेटौडा नाचघरका कलाकारहरु तथा काठमाडौँबाट गएका कलाकारहरुले बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाएका थिए।

राईज म्युजिकको बजार ब्यबस्थापन रहेको जुनी एल्बममा राक्छु संधै म , भुल गरेछु, नसताउन, पल पल, के भुल भएछ , मायालुको यादमा, राक्छु सधैंम(रक मा), पानी मिठो र आखाँको आँशु गरि ९ ओटा गित संग्रहित छन् , जसमा सुवाषलाई अन्जु पन्त ,प्रतिमा क्षेत्री र स्मृति सापकोटाको समेत साथ् दिएका छन् । रहरै रहरमा २०५७ सालमा ‘भुल गरेछु ‘ बोलको गित आफ्नै शब्द तथा संगीतमा रेकर्ड गराएर सांगीतिक दुनियाँमा प्रवेश गरेका सुभाषले जुनी भन्दा अघिनै बिभिन्न कलेक्सन एल्बममा स्वर, शब्द तथा संगीत दिइसकेका छन् ।उनको यस एल्बममा लाल श्रेष्ठ, तुलाराम थापा र सुभाष गहतराजकई शब्द तथा संगीत रहेको छ ।

हेटौडामा रहँदा स्थानीय गायक गायिकाको गीतको म्युजिक भिडियो समेत निर्देशन गरेका सुभाष गहतराजले जुनी एल्बमको पल पल, भुल गरेछु, के भुल भएछ र राक्छु सधैंम बोलका गितको भिडियोको निर्देशन पनि गरेका छन् । उक्त भिडियो पनि कार्यक्रममा सार्बजनिक गरिएको थियो ।

About the author

Artist Sansar