नेपालको पहिलो ईन्टरटेनमेन्ट टेलिभिजन E24 संचालनको तयारीमा

Written by Artist Sansar

नेपालमा पहिलो पटक ईन्टरटेनमेन्ट टेलिभिजन E24 प्रशारणमा आउने भएको छ। नेपाल ब्रोडकास्ट च्यानल ( NBC) ले जनवरी १ बाट औपचारिक रुपमा E24 नामक टेलिभिजनको प्रशारण प्रारम्भ गर्ने भएको हो

नेपाली मनोरन्जन पाराखीहरुलाई खुशीको खबर ! नेपालमा पहिलो पटक ईन्टरटेनमेन्ट टेलिभिजन E24 प्रशारणमा आउने भएको छ। नेपाल ब्रोडकास्ट च्यानल ( NBC) ले जनवरी १ बाट औपचारिक रुपमा E24 नामक टेलिभिजनको प्रशारण प्रारम्भ गर्ने भएको हो । नेपाल ब्रोडकास्ट च्यानलबाट संचालित अर्को च्यानल news24 अहिलेको सबैभन्दा चर्चित च्यानल हो । टेलिभिजनको कार्यक्रम उत्पादन तथा प्रसारणको पूर्व तयारी अन्तिम अबस्थामा पुगीसको छ ।

हालसम्म १४ ओटा टेलिभिजन संचालनमा आएपनि नेपाली ईन्टरटेनमेन्ट पाराखीहरु बिदेशी टेलिभिजनमा भर पर्नुपर्ने अबस्था थियो भने नेपाली कार्यक्रमहरुको लागी कान्तिपुर , ईमेज च्यानल, तराई टेलिभिजनबाट प्रशारित हुने न्युनतम मनोरन्जनात्मक कार्यक्रमको भर पर्नु पर्ने अवस्था थियो । अन्तरास्ट्रिय स्तरको कार्यक्रम प्रशारण गर्ने लक्ष्य लिएको उक्त टेलिभिजनमा २४ औं घण्टा मनोरन्जन सम्बन्धि बिभिन्न कार्यक्रमहरु प्रशारित हुने छन् । उक्त टेलिभिजनमा दर्शकले गित, संगीत चलचित्र , फेसन, रियालिटी शो र खेलकुद एबं क्षिक्षाप्रदक सामग्रीहरुमा मनोरन्जन लिने छन्। साथै बिभिन्न नयाँ नयाँ कन्सेप्टका कार्यक्रमहरु नयाँ ग्ल्यामरस भिजेहरुको प्रस्तुतिमा रहने जानकारीमा आएको छ।

आर्टिस्ट नेपाल परिवार प्रशारणको अन्तिम अबस्थामा रहेको टेलिभिजनको सफलताको लागि कामना गर्दछ !

About the author

Artist Sansar