हरिबंश आचार्यले गरे दोश्रो बिहे

आर्टिस्ट नेपाल। कलाकार हरिवंश आचार्यले दोस्रो विवाह गरेका छन्। डेढ वर्ष पहिले पत्‍नी मीरा आचार्यको निधनपछि उनले आज रमिला पाठकसँग बिहे गरेका हुन् । उहाँलाई छोराहरु त्रिलोक र मोहित, दिदिहरु एबम अन्य परिवार, मदनकृष्ण दाइ लगायत धेरै कलाकारहरु, सुभेच्छुकहरु आदिको अनुरोधमा आज उहाले रमिला पाठकसँग सहयात्रा गर्ने औपचारिक बिबाह बन्धनमा बाधिनुभएको हो ।

बुटवलकि रमिला पाठक हरिवंश भन्दा १० वर्ष कान्छी हुन् । उनका श्रीमान‌को पनि निधन भइसकेको छ। बिहेमा नजिकका थोरै मात्र सहभागी थिए। मदनकृष्ण श्रेष्ठ आफ्नी पत्नीको उपचारका लागि बैँककमा रहेकोले फोनबाट मात्र शुभकामना दिएका थिए।

फोटो: रमिन्द्र समिर

About the author

Artist Sansar