सिनेमामा जम्दै यदुसुदन (फोटोफिचर सहित)

Written by Artist Sansar

आर्टिस्ट नेपाल डट कमको लागि फोटोसुट गर्ने क्रममा उनले जस्तो सुकै भूमिकामा पनि आफु अभिनय गर्न सक्ने बताएका थिए

आर्टिस्ट नेपाल

नेपाली सिनेमा क्षेत्रमा नायकको रुपबाट आफुलाई स्थापित गराउन खोजिरहेका कलाकार हुन् यदु सुदन कुँवर । सानै देखी चलचित्रमा अभिनय गर्ने सपना देख्ने बनेपा निवासी यदुसुदन ले आफुलाई नाच स अभिनयमा पोख्त बनाउन प्रक्षीक्षण पनि लिएका छन् ।
प्ले गर्ल नामक चलचित्रमा नायकको रुपबाट चलचित्रमा प्रबेश गरेका यदुले हाल म्युजिक भिडियोहरुमा पनि ब्यस्त हुन थालेका छन् । हाल आफ्नै एक एन.जी.यो को सन्चालनमा ब्यस्त यदुले नेपाली कलाकारिता मा आफ्नो अमित प्रभाब छाड्नकै निमित्त लागिपरेको बताएका छन् ।
आर्टिस्ट नेपाल डट कमको लागि फोटोसुट गर्ने क्रममा उनले जस्तो सुकै भूमिकामा पनि आफु अभिनय गर्न सक्ने बताएका थिए । उनको फोटोसुट सिल्फ स्ट्युडियोमा आर्टिस्ट नेपालका फोटोग्राफर कुबेर तामाङले गरेका हुन भने मेक अप संगिता लामाले गरेकी हुन् ।

About the author

Artist Sansar