राजधानीमा पहिलो पटक इण्डोनेशियन बुटिक फेस्टिबल फेसन शो

Written by Artist Sansar

काठमाडौँ –  राजधानीमा पहिलो पटक इण्डोनेशियन बुटिक फेस्टिबलको आयोजना हुँदै छ । नेपाल र बङ्गलादेशका लागि इण्डोनेशियाको राजदुतावासको आयोजना र नेपालका लागि आईएमई ग्रुप र आईएमई ट्राभल्सको सह–आयोजनामा सो बुटिक फेस्टिबलको आयोजना गरिएको हो ।

सन् १९६० देखिको नेपाल र इण्डोनेशिया दुई देशबीचको सम्बन्धलाई निरन्तरता दिदै यी दुई देशबीचको आर्थिक सामाजिक तथा साँस्कृतिक सम्वन्धलाई अझ प्रगाढ बनाउँदै पयर्टन क्षेत्रमा एकअर्कामा सहयोग पु¥याउन यस बुटिक फेस्टिबलको आयोजना गरिएको आयोजकले जनाइएको छ ।

फेस्टिबलको उद्घाटन नेपाल र बंगलादेशका लागि इण्डोनेशियाका राजदुत एचई.मिस.रीना पी.सोम्यार्नो र नेपालका लागि इण्डोनेशियाका प्रतिनिधी तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन पश्चात बुटिक फेस्टिबलमा इण्डोनेशियाको संस्कृति झल्कने पहिरन तथा नृत्य प्रदर्शन गरिएको थियो । फेसन शोमा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ शो स्टपर बनेकी थिइन् ।

बुटिक फेस्टिबल राजधानीको होटल अन्नपूर्णमा बिहिबार साँझदेखि शुरु भएको छ भने आज शुक्रबार समापन गरिने छ ।

About the author

Artist Sansar