लमजुङमा ५ अर्ब ९० करोड लगानीमा ‘स्मार्ट फिल्म सिटी’ बन्ने

Written by Artist Sansar

लमजुङमा ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ । अनुमानित ५ अर्ब ९० करोड लगानीमा यो ऐतिहासिक स्थलमा फिल्म सिटी बन्ने भएको हो । बुधबार मात्रै सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र इटालियन कम्पनी वल्र्ड एरिया होल्डिङ बीच सहमती पत्रमा हस्ताक्षर भएको हो ।

नेपालको पहिलो, ठूलो र अन्तर्राष्ट्रिय स्तरको उक्त फिल्म सिटीका लागि अनुमानित ५ अर्ब ९० करोड लाग्ने स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । फिल्म सिटीको नाम ‘वर्ल्ड स्काई सिने भिलेन नेपाल’ जुराइएको छ । चाँडै फिल्म सिटीको डिपिआरको काम हुने सम्झौता कार्यक्रममा वर्ल्ड एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले जानकारी दिए । यो फिल्म सिटीको निर्माण ५ देखि ७ वर्षमा पूरा हुने अनुमान गरिएको छ ।

लमजुङको बेसीशहर नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ को ५ हजार रोपनीमा फिल्म सिटी निर्माण हुने ‘वर्ल्ड स्काई सिने भिलेन नेपाल’ले नेपालको पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

About the author

Artist Sansar