राजकुमारको कोशी कलेज

यस्तैमा नव प्रवेशीको भिडमा लोक दोहोरी गायक राजकुमार खड्काले पनि यस क्षेत्रमा पाइला टेकेका छन्

साँगितिक क्षेत्रलाई फराकिलो बनाउनका निम्ति लोक दोहोरी विधाका गायकहरुको विशेष योगदान रहेको पाइन्छ । यस्तैमा नव प्रवेशीको भिडमा लोक दोहोरी गायक राजकुमार खड्काले पनि यस क्षेत्रमा पाइला टेकेका छन् । सप्तरी घर भई हाल कतारलाई कर्मथलो बनाएका खड्काको यस क्षेत्र प्रतिको लगाव कोशी कलेजमा देख्न पाइन्छ ।

पहिलो साँगितिक कोसेली कोशी कलेजमा उनलाई चर्चित गायिका सिन्धु मल्लले साथ दिएकी छिन् । उकालीमा र टाईटल सङ्ग कोशी कलेज समावेश गरिएको एल्बमका गितलाई गायक स्वयमले रचना गर्नुका साथै संगित भरेका छन् ।

कलिलै उमेरदेखि संगितमा अथाह रुचि राख्ने खड्कालाई परिवारका सदस्यले पनि संगित क्षेत्रमा लाग्न प्रोत्साहन गरेको उनी बताउँछन् । नेपाली साँगितिक बजारको अवस्थासँग जानकार रहेका उनले निजि कम्पनी दर्ता गराई डेब्यु एल्बम कोशी कलेजलाई बजारमा ल्याएका हुन् । ठेट पुर्वेली भाषा समावेश गरिएका दुवै गितलाई सुरज मालीले रोचक ढंगले संयोजन गरेका छन् । कतारमा रहँदा विभिन्न साँगितक कार्यक्रममा सहभागिता जनाइसकेका खड्का चाँडै नै म्युजिक भिडियो निर्माण गर्ने तरखरमा छन् ।

About the author

Artist Sansar