मिस नेपाल अमेरिका २०१३ को ताज बर्तिका राईलाई

Written by Artist Sansar

मिस नेपाल अमेरिका २०१३ को ताज बर्तिका राईले पहिरन सफल भएकी छन्….[+]

आर्टिस्ट नेपाल, न्युयोर्क ।
मिस नेपाल अमेरिकाको तेश्रो संस्करण सम्पन्न भएको छ । मिस नेपाल अमेरिका २०१३ को ताज बर्तिका राईले पहिरन सफल भएकी छन् । शनिबार राती न्युयोर्कमा सम्पन्न भएको अन्तीम फाईनल शोमा १६ जना प्रतिस्प्रर्धीलाई पछाडि पार्दै न्युयोर्कमा बस्दै आएकी राईले मिस नेपाल अमेरिका २०१३ को ताज पहिरन सफल भएकी हुन् ।
त्यस्तै फस्ट रनर अपको ताज क्यालीफोर्नियाकी अनुजा मगरले प्राप्त गरेकी छन् भने सेकेण्ड रनर अपको ताज टेक्सासकी सोनी पाठकले पहिरन सफल भएकी छन् । मिस नेपाल अमेरिका २०१३ को जज टिममा टेलिभिजनकर्मि किरण क्षेत्रीको संयोजकत्व रहेको थियो । मिस नेपाल अमेरिका २०१३ की बिजेतालाई मिस नेपाल अमेरिका २०१२ आस्था श्रेष्ठ र मुख्य जज किरण क्षेत्रीले पहिराइदिएका थिए । मिस नेपाल अमेरिकाकी बिजेताले ५ हजार अमेरिकन डलरको छात्राबृतीका साथै नेपाल पर्यटन बोर्डको ब्राण्ड एम्बास्डरको उपाधी समेत पाएकी छन् ।

About the author

Artist Sansar