भक्तराजलाई नारायण गोपाल स्मृति सम्मान

Written by Artist Sansar

नारायण गोपाल सङ्गीत कोषले यसवर्षको नारायणगोपाल स्मृति सम्मान एवम् पुरस्कार गायक एवम् सङ्गीतकार भक्तराज आचार्यलाई प्रदानगर्ने भएको छ।

नारायण गोपालको २०औं स्मृति दिबशमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा कोषका बर्तमान अध्यक्ष फत्तेमान राजभण्डारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

गायक एवम् सङ्गीतकार आचार्यलाई उक्त पुरस्कार नेपाली साङ्गीतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई कदर गर्दै प्रदान गरिन लागिएको कोषद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। कोषबाट हालसम्म सम्मानित हुनुहुनेमा संगीतकार शान्ति ठटाल,झलकमान गन्धर्व,वरिष्ठ गीतकार,सङ्गीतकार एवम् गायक भीम विराग,सङ्गीतकार एवम् गायक दीप श्रेष्ठ , सितारवादक नरेन्द्र बटाजु,प्रेमध्वज प्रधान हुनुहुन्छ ।

नारायणगोपाल स्मृति सम्मान पुरस्कारको राशि नगद रु. २५ हजार र सम्मानपत्र रहेको छ ।

About the author

Artist Sansar