‘ बीर विक्रम २ ‘ को अफिसियल ट्रेलर सार्वजनिक

Written by Artist Sansar

चलचित्र ‘ बीर विक्रम २ ‘ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । केहि दिन अगाडी मात्रै चलचित्र निर्माण टिमले अफिसियल पोष्टर सार्वजनिक गरेको थियो। जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई मिलन चाम्स निर्देश गरेका हुन। चलचित्रमा नायक पल शाहसंगै नजिर हुसेन र वर्षा सिवाकोटीको लिड रहेको छ।

यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘वीरविक्रम’ को सिक्वेल हो । तर, निर्देशक तथा निर्माता चाम्स फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल नभएको बताउँछन् । ‘वीरविक्रम’ मा नाजिरसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए ।

About the author

Artist Sansar