हनिमुन मुडमा नायिका वर्षा राउत र संजोक कोइराला

Written by Artist Sansar

यति बेला नायिका वर्षा राउत र संजोक कोइराला यी दुई जोडी अनिमुन मुडमा छन् । नायिका बर्षा राउत र नायक संजोग कोइरालाले गतबर्षको फागूण २ गते बिबाह गरेका थिए । भव्य रुपमा बिहे गरेको यो जोडी बिहेपश्चात नै आफ्नो व्यवसायिक काममा व्यस्त बनेका थिए । संजोग व्यापारिक काममा व्यस्त बने भने नायिका बर्षा राउत चलचित्र ‘जात्रै जात्रा’को छायांकनमा जोडिएकी थिइन् । जसकाकारण पनि उनीहरुले बिहेपछिको हनिमुन यात्रा गर्न पाएका थिएनन् ।

तर, यो जोडी केही दिन अगाडि मात्र करिब ३ हप्ताको समय निकालेर यूरोप पुगेको छ । इटालीमा केही दिन रमाएको यो जोडीले त्यसपछि फ्रान्स पुगेको बताएको छ । फ्रान्समा यी दुइको माया छल्किएको छ । दुबै जोडीले आफ्नो फेसबुकमा केहि रोमान्टिक फोटोहरु सजेदार गरेका छन्।

About the author

Artist Sansar