modeling workshop in nepal

धुर्मुस सुन्तली फाउण्डेशनलाई बद्री पंगेनी र पुर्णकला बिसीको साथ भन्छन ‘ रंगशाला बन्छ नेपालीको ‘

basic photography workshop

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै लोक गायक बद्रि पंगेनी र गायिका पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन् । उनले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणिय कार्यहरु समावेश गरीएको छ । ‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका छन् । गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन् ।

गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्रि पंगेनी बताउँछन् ।धुर्मुस सुन्तली फाउण्डेशन द्वारा निर्मित ‘ गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशालाका लागी बद्री पंगेनी र र्णकला बिसीको साथ भन्छन ‘ रंगशाला बन्छ नेपालीको ‘

artistnepal-tv-ads