प्रियंकाको हट आइटम ‘दाल भात तरकारी ’मा

Written by Artist Sansar

यहि बैशाख २० गते बाट प्रदर्शन मा आउन लागेको चलचित्र ‘ दाल भात तरकारी ‘ को आइटम गीत सार्वजनिक गरिएको छ । ‘एन्टिबायोटिक खाउला’ बोलको गीत मह संचारको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो । मिना निरौलाको स्वर रहेको यस गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत रहेको छ।

गीतको भिडियोमा नायिका प्रियंका कार्कीको नृत्य हेर्न सकिन्छ । प्रियंकालाई गीतमा बोल्ड देखाइएको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । हरिवंश आचार्यको लेखन रहेको छ। यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रले अमेरिका जानका लागि हुने तछाडमछाडलाई उठान गरेको छ । मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

About the author

Artist Sansar