दुई मितका कथा

गायक अरुण थापाको सफलताको उचाइमा खुसी मनाउने र उचाइ तल झर्दा त्यसलाई नजिकैबाट महसुस गर्ने एकमात्र सहकर्मी थिए- अरुणका मितज्यू अर्थात् गायक ओमविक्रम विष्ट ।

काठमाडौंका विभिन्न ठाउँमा अरुणको एघारौं स्मृति दिवसका अवसरमा विविध कार्यक्रम भइराखेको दिन बुधबार ओमविक्रम भने हात्तीवनस्थित घरमा भेटिए । ‘हामीले मित लगाएको पनि ३८ वर्ष हुन लागेछ,’ उनले अरुणसँगको पुराना कुरा सम्झँदै भने । त्यतिबेला ओमविक्रम पाटन कलेजमा पढ्थे । सँगै पढ््ने एकजना साथीको घर झम्सीखेलमा भएकाले त्यता घुम्न जानेक्रममा पहिलोपटक उनको अरुणसँग भेट भएको रहेछ ।

ओमका ‘बितेको जीवन मेरो…’ जस्ता तीन/चार चर्चित गीत सुनेका अरुण गायकसँग ‘प|mेन्डसिप’ गर्न चाहन्थे । साथीद्वारा भेट गराइएका उनीहरूको दोस्ती ‘ग्याङ लगाउने’ -खाने) क्रममा सुरु भएछ । अरुणले गाएको सुनेपछि झन् उनीहरूको गीत-संगीतप्रतिको रुचिले सम्बन्ध गाढा बनायो । ‘त्यसपछि त क्याम्पस छुट्टी भयो कि गिटार बोकेर एक-अर्कालाई भेट््नै पर्ने बानी बस्यो,’ ओमविक्रमले सम्भिए ।

त्यही भेटघाटको दौरान एक दिन झम्सीखेलको गणेशस्थान मन्दिरमा उनीहरू केही साथीसँग गिटार बजाएर बाटो छेउमा बसेका थिए । कुपण्डोलका ‘गुन्डा’ समूहले उनीहरूलाई रगताम्मे हुनेगरी कुटेछन्् । युवा जोस, उनीहरू पनि के कम ? ‘सिनेमामा जस्तो लडाइँ भयो, डाङ्डाङ्… डुङ्डुङ्…’ उनले हाँस्दै भने, ‘कुनै समूह गएपछि एकअर्काको रगत पुछ्दै थियाँै, अनि मित लगाउने सोच आयो, लगत्तै लगायौं ।’ उनीहरूले एक-अर्कालाई ‘रगतको टिको’ शिरमा लगाइदिएर मन्दिर घुमी मित लगाएका थिए ।

काठमाडौंको भेटघाटमा हल्का गाएको मात्र सुनेका उनले व्यापारका क्रममा पोखरा पुग्दा अरुण त्यहाँ बडो चर्चित रहेको पत्तो पाए । ‘उहाँ सोझोमा महासोझो र सन्कीमा महासन्की मित हुनुहुन्थ्यो,’ उनी भन्दै

थिए । अनि भयंकर मुडी पनि ! जब अरुण दुई दिनसम्म एकाएक हराउँथे । मितको गायनदेखि प्रभावित ओमले आप्mना बुबा दौलतविक्रम विष्ट रेडियो नेपालका वरिष्ठ कर्मचारी भएकाले उहाँलाई सिफारिस गराउँदै अरुणको स्वरपरीक्षा लिइएको पनि सम्झना गरे । ‘स्वरपरीक्षा गर्नै नमान्ने, मैले धेरै कचकच गरेपछि जानुभएको थियो,’ उनले भने । ‘कतै टाढा तिमीबाट पुगे भने…’ गीतमा संगीत आफैंले दिएकोमा अरुणले स्वर दिएको सबैले मन पराए । ‘आफ्नो मितको पहिलो गीत नै हिट हुँदा खुसीको सीमा रहेन, रातभर पार्टी गर्‍यौर्ं,’ यसो भनिरहँदा ओम प्रफुल्लित देखिन्थे ।

त्यही खुसी मनाइरहेको समय उनलाई अरुणको पोखरामा नेवार केटीसँग प्रेम परेको थाहा भयो । नेवार ‘कडा’ हुने भएकाले के गर्ने ? ‘भगाएर ल्याउने’ कुरा भयो । ‘पोखराबाट भगाएर काठमाडौंमा विवाह भयो,’ यासिका क्यामेरा भर्खर किनेका ओम फोटो खिच्नमै व्यस्त भएछन् । बिहेपछि १५ दिन जति भेट भएन, फोनमा सबै ठीक भएको कुरा भयो ।

‘तर पछि केटी परिवारले खोजबिन थालेपछि उनीहरूलाई भक्तपुरमा लुकाइयो,’ ओम सम्झँदै थिए, ‘केटीका घरपरिवार मेरो घर खोज्दै आए ।’ तर पछि ती युवतीलाई परिवारले पोखरा लगिसकेको थाहा भयो । र, उतै अर्को केटासँग विवाह गरिदिएको पनि पत्ता लाग्यो । ‘त्यो घटनापछि मैले मेरो मितको मन टुक्रिएको देखे, मेरो पनि मन भयंकर दुख्यो,’ उनले भने ।

त्यसपछि अरुणको आनीबानी बिगि्रएको र मदिरापान, लागूऔषधको लतसमेत सुरु भएको रहेछ ।

पछि उनको दोस्रो विवाह भए पनि नसाको लत छुटेनछ । ‘जति सम्झाए पनि मितज्यू मबाट टाढिँदै जानुभयो,’ ओमले भने, ‘मलाई भेट््दा पनि अप्ठेरो मानेर भाग्ने र साथी-सर्कल नै फरक हुँदै गएको थियो ।’ अरुणको मृत्यु हुनुभन्दा दुई साताअघि अरुण-ओमको भेट प्रवेशमान शाक्यको मेलोडी टाइम स्टुडियोमा भेट भएको रहेछ । ‘त्यति राम्रो चाइनिजजस्ता गोरा अनुहारका मेरा मित काला अपि|mकीजस्तै देखिन्थे, विश्वासै लागेन,’ उनले सम्भिmए, ‘उहाँलाई देख्नासाथ म धुरुक्क रोएँ । उहाँ पनि अँगालोमा बाधिँदै रुनुभयो । त्यसबेला जे-जस्तो उपचार गर्नुपर्छ, म गर्छु । मसँग बस्न आउनुस् भनेको थिएँ । उहाँ बागबजारको होटलबाट अर्को दिन आउँछु भनेर हि््नुभएको थियो । तर, कहिल्यै फर्केर आउनुभएन ।’

एकजना पप म्युजिकका र अर्का आधुनिक गाउने छुट्टै विधाका भए पनि ओम-अरुणले एक-अर्काका लागि ‘संगीत-सहचार्य’ गर्ने प्रण गरेका रहेछन् । ‘मितज्यू मेरो संगीतमा तपाईं गीत गाउनुस्, तपाइर्ंको संगीतमा म गाउँछु’ भनेर अरुणले वाचा गराएपछि ‘मेरो जिन्दगीको दोबाटोमा…’ बोलको गीतमा अरुणले संगीत दिएका थिए । र, अर्को गीत ‘भुलेका कथा तीता-मीठा…’मा ओमले संगीत भरेका रहेछन्् । कैलाशविक्रम विष्टको रचना रहेको ‘भुलेका कथा’ गीतले २०३७ सालमा आयोजित रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा अरुणले स्वरमा प्रथम स्थान पाएका थिए ।

यसैबीच, नेपाल मगर विद्यार्थी संघले यस वर्षको ँअरुण स्मृति संगीत पुरस्कार’ लोकदोहोरी गायक खड्ग गर्बुजा मगरलाई दिएको छ । पाँच हजार नगद रुपैयाँसहित प्रमाणपत्रको यो सम्मान नेपाल संगीत-नाट््य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव तीर्थ श्रेष्ठले प्रदान गरेका थिए ।