राजेशपायल लाई छिन्नलत्ता प्रतिभा पुरस्कार

Written by Artist Sansar

गायक राजेश पायल र्राईले ‘ गीतकार छिन्नलत्ता प्रतिभा पुरस्कार-२०६६’ जितेका छन् ।’बल्ल बल्ल भेट भो दर्शन नमस्ते ।’ यो गीतबाट राईले उक्त पुरस्कार पाएका हुन । १० हजार रुपैयाँ र ताम्रपण सहितको सो पुरस्कार उनलाई बिहिबार राजधानीमा एक समारोह बीच प्रदान गरियो ।

छिन्नलता गीत पुरस्कार-२०६६बाट भने गीतकार मञ्जुलले पुरस्कृत भएका छन् । यस्तै छिन्नलता सँगीत पुरस्का -२०६६ बुलु मुकारुङलाई प्रदान गरिएको छ । छिन्नलता गायन पुरस्कार-२०६६बाट भने कुन्ती मोक्तान पुरस्कृत भएकी छिन् ।

सँगीतकार तथा सँगीत नट्या प्रज्ञा प्रतिस्ठानका कुलपति अम्बर गुरुङ्ले यी सबै पुरस्कार प्रदान गरेका थिए । छिन्नलता गीत पुरस्कार गुठीका तर्फाट सँगीतकर्मीलाई पुरस्कृति एवँ सम्मानित गरिएको हो । गीत, सँगीत र गायन तीनवटै बिद्याका पुरस्कृति व्यक्तिहरुलाई पुरस्कार स्वरुप ताम्रपत्र र जनही २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

छिन्नलता गीत बिशेष सम्मानबाट भने गीतकार एवं चिकित्सक भोला रिजाललाई सम्मान गरिएको थियो । २०३९ मा स्थापना भएको ‘छिन्नलता गीत पुरस्कार’ नेपाली संगीतमा योगदान पुर्याउने स्रस्टालाई हरेक बर्ष प्रदान गरिँदै आएको छ ।

About the author

Artist Sansar