एकै साथ २ एल्बम सार्वजनिक

Written by Artist Sansar

राजधानीमा एकै पटक एकै ठाउँमा एक भब्य समारोह बीच दुई सांगीतिक संग्रहको विमोचन सम्पन्न भएको छ

आर्टिस्टनेपाल । राजधानीमा एकै पटक एकै ठाउँमा एक भब्य समारोह बीच दुई सांगीतिक संग्रहको विमोचन सम्पन्न भएको छ । एसियन म्युजिक सेन्टरबाट बजार ब्यबस्थापन गरिएको गायक रामबाबु योन्जनको गीती संग्रह ‘सहयोग’ र गायिका सानु वाइबाको ‘सफलता’लाई एकै साथ नेपाली संगीतका विभिन्न हस्तीहरुको हातबाट बिमोचन गरिएको हो ।

राजधानीको मैतीदेवीको एक रेष्टुरेन्टमा आयोजित उक्त बिमोचन समारोहमा नेपाली संगीतक विभिन्न चर्चित अनुहारहरुका साथै नेपाली संचार जगतका विभिन्न संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दुवै संग्रहमा समावेश गीतहरुको म्युजिक भिडियो समेत देखाइएको थियो ।

गायक रामबाबु योन्जनको सहयोग संग्रहमा ७ वटा गीत संगीत समावेश रहेको छ भने गायिका सानु वाइबाको सफलतामा ५ वटा गीत संगीत समावेश रहेको छ । रामबाबुको एल्बम संग्रहमा चन्द्रकुमार दोङ , मिन सागर लामा आशुस्सेन लामा तथा बाबा पाख्रिनको शब्द रहेको छ भने चन्द्र कुमार दोङ हरि लम्साल आशुसेन लामा र बाबा पाख्रिनको संगीत रहेको छ । यस्तै गायिका सानु वाइबाको गिती एल्बम सफलतामा सुसन लामा , मिनसागर लामा, बुद्दबिरलामा , दिपेन्द्र दोङ आदिको शब्द रहेको छ भने सुसन लामा हरि लम्साल , चन्द्र कुमार दोङ आदिको संगीत रहेको छ ।

About the author

Artist Sansar