एकल कन्सर्टको लागि आदित्य काठमाण्डौँमा

Written by Artist Sansar

आर्टिस्ट नेपाल । उदित नारायण झाका सुपुत्र आदित्य नारायण झा आज दिउसो २ बजे काठमान्डौँ ल्यान्ड भएका छन् ।

आर्टिस्ट नेपाल । उदित नारायण झाका सुपुत्र आदित्य नारायण झा आज दिउसो २ बजे काठमान्डौँ ल्यान्ड भएका छन् । पोखराको क्रिस इभेन्ट म्यानेजमेन्टको निम्तोमा वैशाख ९ गते पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्टमा भाग लिनको लागि आएका आदित्यले नेपाली तथा हिन्दी गीतहरु प्रस्तुत गर्ने छन् । आयोजकले दिएको जानकारी अनुसार उनले करिब डेढघन्टा आफ्ना गीत सुनाउन सहमति जनाएका छन् ।

कार्यक्रममा उनलाई नेपालको पनि ठूलै टोलीले साथ दिनेछ। नेपालबाट सविन राई,मिंग्मा शेर्पा,आस्था वि का साथै ऋतु लामा,शोभित बस्याल,जी नाइनले पनि गीत प्रस्तुत गर्नेछन्। दिउँसो २ बजेबाट शुरु हुने कार्यक्रममा सहभागी २५०को टिकट काट्नु पर्नेछ। आदित्यका यो गाउँको…. र कुसुमे रुमाल।।लगायतका गीत लोकप्रिय छन् ।

About the author

Artist Sansar