आदित्य नारायण झाको एकल कन्सर्ट पोखरामा

नयाँ बर्षको पहिलो साता पोखरामा हुने अन्तरास्ट्रिय सांगितक आकाशमा छुट्टै पर्हिचान बनाईसकेका आदित्य नारायण झाको पहिलो नेपाल एकल कन्सर्ट हुने भएको छ।

आर्टिस्ट नेपाल । ब्रायन एडम्स र MLTR को कन्सर्ट पछी नेपाली हरुले तिनकै शब्द सुरमा अर्को भब्य कन्सर्टमा झुम्ने मौका पाउने भएका छन् ।  नयाँ बर्षको पहिलो साता पोखरामा हुने अन्तरास्ट्रिय सांगितक आकाशमा छुट्टै पर्हिचान बनाईसकेका आदित्य नारायण झाको पहिलो नेपाल एकल कन्सर्ट हुने भएको छ। उनको कन्सर्टले देशका उम्दा युवालाई प्रोत्शाहित गर्नेछः र नेपाललको सांगितक आकाशमा बिछट्टै  लोभलाग्दा प्रतिकहरु कोर्नेछ । किन भने डेढ दशकको कन्सर्ट ईतिहाँसमा नेपाली सांगीतिक क्षेत्रले पहिलो पल्ट नेपालभाषी अन्तरास्ट्रिय ख्याती प्राप्त युबा गायकलाई पाउँदैछ ।

बैशाखको पहिलो सातामा पोखरामा आयोजना हुने उक्त कन्सर्टलाई क्रिश ईभेन्ट्स म्यानेजमेन्ट प्राईभेट लिमिटेड ले आयोजना गर्न लागेको हो ।  नेपाली युबा बीच देखिएको औधी चाख लाग्दा हौसलाका बीच भारतीय टिभी च्यानल तथा फिल्ममा समेत आफ्नो अब्बलता देखईसकेका आदित्यले नेपालको कन्सर्ट कल्चरलाई उकास्न देखाएको तादम्यता प्रसंशनीय छ ।

 नेपालको पहिलो प्रिमियम ईन्टरटेनमेन्ट च्यानल ई २४ ले कार्यक्रमलाई  हरेक क्षण र हरेक कोणबाट प्रस्तुत गर्ने छ । यसको लागि भने  ई २४ बाट प्रशारण हुने ई न्युजको प्रतीक्षा गर्नु पर्ने हुन्छ । साथै कार्यक्रमको हरेक जानकारी आर्टिस्टनेपालडटकमबाट पनि पाउन सक्नुहुनेछ  ।