‘आमा’का लागि नायिका सुरक्षा पन्तले गरिन आफ्नो कपाल मुन्डन

Written by Artist Sansar

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले कपाल मुन्डन गरेकी छन् । चलचित्रमा रहेको कथाका आधारमा उनले कपाल मुन्डन गरेकी हुन् ।

चलचित्रको सिनका लागि कपाल सुरक्षाले कपाल काटेको यो पहिलो पटक हो । नेपाली चलचित्रमा वीरलै मात्र महिला कलाकारले कपाल काट्छन् । यसअघि नम्रता श्रेष्ठले भने कपाल काटेकी थिइन् । अधिकांसले कस्ट्युम प्रयोग गर्ने गरेका छन् ।

‘आमा’ निर्देशक दीपेन्द्र के खनालले सुरक्षासँगै मिथिला शर्मा, सरिता गिरी लगायतले चलचित्रका लागि विना सम्झौता कडा मेहनत गरिरहेको बताए । केही दिन अगाडि सिन्धुलीको गल्कोट पुगेर चलचित्रको केही सिन खिचेर फर्किएको युनिट अहिले काठमाडौंमा झरी कुरेर बसिरहेको छ ।

सोसल ड्रामा ‘आमा’ दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । कथा पनि दीपेन्द्रले नै लेखेको चलचित्रमा मिथिला शर्मा, सरिता गिरी र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।चलचित्र फागुन ९ गते प्रदर्शन हुने बताइएको छ।

About the author

Artist Sansar