चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक, झमकको संघर्षको कथा

Written by Artist Sansar

काठमाडौं । कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच ट्रेलर र रिलिज मिति सार्वजनिक गरिएको थियो ।

फिल्मको ट्रेलरलाई नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, ‘जीवन काँडा कि फूल’ का निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष तथा सञ्चारकर्मी शान्तिपृयलगायतले चलचित्रको ट्रेलर सार्वजनिक गरेका थिए ।

फिल्ममा अवस्था थापा, रोजिता वुद्धचार्यले, सारिका घिमिरे, किसन सुनार, उमा गिरीलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ । झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा-संवाद रहेको छ । चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ भने प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतमले आवाज दिएकी छिन् । नृत्य निर्देशक कमल राईले गरेका हुन् ।

चलचित्रको सह निर्माता जुनु गौतम हुन भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश सुवेदी रहेका छन् । विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘रणसंग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माणनिर्देशन गरिसकेका छन् ।

About the author

Artist Sansar