modeling workshop in nepal

चलचित्र ‘चपली हाइट–३’ मा स्वस्तिमा खड्का अनुबन्धन

basic photography workshop

काठमाडौं । चलचित्र ‘चपली हाइट’को दुईवटा शृंखलाको सफलतापछि ‘चपली हाइट–३’ निर्माण हुँदै छ । तर, छायांकनमा जानुअघि यो चलचित्रका कलाकार व्यापक फेरबदल भएका छन् । दुई नायिका यो फिल्ममा अनुबन्धित नभएपछि अन्ततः अभिनेत्री स्वस्तिमा खड्कालाई अनुबन्धन गरिएको छ ।

यो पहिला सुरुमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिने भनिएको थियो । उनी पनि चपली हाइट–३ प्रतिसकारात्मक थिइन् । अन्त्यमा साम्राज्ञीले दुईवटा चलचित्र रिलिजको तयारीका कारण चपली हाइट–३ नखेल्ने भनेपछि निर्माताले अरू नायिकालाई मुख्य भूमिकाको लागि प्रस्ताव गरेका हुन् ।

साम्राज्ञीपछि सो भूमिकामा अभिनेत्री सृष्टि श्रेष्ठलाई राख्ने समाचार बाहिर आयो । फिल्म चपली हाइट–३ मा सुरुमा सौगात मल्ल चयन भएका थिए । उनले आफ्नी प्रेमिका सृष्टि श्रेष्ठलाई राख्न निर्माता अर्जुन कुमारलाई प्रस्ताव गरेका थिए । तर, त्यो भूमिकामा अर्जुन कुमारले सृष्टिलाई अस्वीकार गरे । त्यसपछि सौगातले आफू दुईवटा फिल्ममा व्यस्त रहेको भन्दै नखेल्ने निर्णय गरे ।

यही चलचित्रमा यतिबेला अभिनेत्री स्वस्तिमा खड्का चयन भएकी छन् । अभिनेत्री स्वस्तिमाले यो फिल्मको कथा निकै फरक भएकाले आफूले काम गरेको बताएकी छन् । चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दै छन् ।

artistnepal-tv-ads