चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज

Written by ArtistNepal News

काठमाडौं- असोजको २४ गतेबाट रिलिज हुन् लागेको बहुप्रतिक्षित फिल्म ‘छ माया छपक्कै’को ट्रेलर रिलिज गरिएको छ । शुक्रवार ट्रेलर रिलिज गरिएको हो । फिल्मले उमेर दुरीमा हुने प्रेम र राजनीतिको कथा दर्शाएको छ ।

चलचित्रमा समावेश ‘जुनको जुनेली’ बोलको गीत केहि दिन अगाडी सार्वजनिक गरेको थियो । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा विपिन मल्लको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन, दिपकराज गिरीको पटकथा, दिपेन्द्र लामाको कथा छ ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।