गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको यो प्यारो बर्दियाको म्युजिक भिडियो सार्वजनिक

https://artistnepal.com/

https://artistnepal.com/

"

नेपाली संगीतिक क्षेत्रको लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको यो प्यारो बर्दियाको म्युजिक भिडियो सार्वजनिक युट्युब मार्फत सार्वजनिक भएको छ ।

यस गीतमा बर्दियाको सेरेफेरोमै केन्द्रित रहेर गीतकार सावित्रि गौतमले शब्द कोरेकी छिन्। बर्दियाको बिभिन्न रमणिय ठाउँँहरुमा छायांकन गरिएको यस गीतको भिडियोमा त्यहाँको रमणीय दृश्यहरु देख्न सकिन्छ । अमृत सुनुवारको छायांकन र निर्देशन रहेको भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनमा माधव बेल्वासेले सम्पादन गरेका हुन । म्युजिक भिडियोमा गायक श्रेष्ठलेनै अभिनय गरेका छन्।