“आउ हामी सबै मिली नेपाल बनाऔँ”

Written by Artist Sansar

गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठको शब्द तथा सँगीतबद्ध “आउ हामी सबै मिली नेपाल बनाऔँ”

आर्टिस्ट नेपाल

गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठको शब्द तथा सँगीतबद्ध “आउ हामी सबै मिली नेपाल बनाऔँ” बोलको सन्देशमुलक राष्ट्रिय गीतको भिडियोको सुट सम्पन्न भएको छ । जसमा सुमन कुमार श्रेष्ठ, नकुल कार्की, सुम्निमा सिंह तथा सन्जिता चौलागाईको स्वर रहेको छ । दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतमा धेरै समय देखी मुरली बादकको रुपमा काम गरीरहनु भएका नगेन्द्र राईको कलात्मक मुरलीको धुन पनि सुन्न पाईन्छ । त्यस्तै यस गीत तथा भिडियोमा रेडियो जगतमा दश बर्ष बिताईसकेका आर जे मनोज के.सी “समय”को पनि आवाज सुन्न सकिनेछ । उनले गीतमा मोटिभेसनल शब्द उच्चारण गरेका छन ।

लामो समयदेखी मीडिया क्षेत्रमा प्रोग्राम प्रोडुसरको रुपमा कार्यरत संचारकर्मी सरोज श्रेष्ठले यस् भिडियोको निर्देशन गरेका छन । एउटा सन्देशमुलक गीत भएकोले भिडियो मार्फत नेपाली जनता जनार्दनले पोजिटीभ म्यासेज पाउनेमा पूर्ण रुपमा आशावादी रहेको कुरा सरोजले बताउनु भयो । भिडियोमा नबिन श्रेष्ठको सिनेम्यातोग्राफी रहेको छ । भिडियोमा कलाकारहरु बिक्की पुलामी मगर, मियुन जिरेल, बिमल रुम्दाली, सपना रोक्का, अनामिका काफ्ले र सविना कार्की र संचारकर्मी सुनिता डँगोलको सँयुक्त्त अभिनय हेर्न पाईन्छ । चाँडै नै यस् गीतको म्युजिक भिडियो बिभिन्न मेडिया मार्फत रिलिज हुने तरखरमा रहेको छ ।

About the author

Artist Sansar