कदम चाल्दै सम्बन्ध गास्दै राजन तिमील्सिना

गायक राजन तिमील्सिनाले दोश्रो गीतमा सङ्रहित गीत यो सम्बन्धको भिडियो सार्वजनिक गरेका छन …[+]

आर्टिस्ट नेपाल
२ बर्ष अघि “कदम” नामक एल्बम सार्वजनिक गरेका गायक राजन तिमील्सिनाले ” यो सम्बन्ध” नामक अर्को साँगितिक कोशेली सार्वजनिक गरेका छन् । गायकको रुपमा स्थापित भईसकेका राजनको पहिलो एल्बमको ‘ तिम्रो मायाँ बिना…. बोलको गीतबाट दर्शक श्रोतामाझ परिचित भैसकेका थिए ।

रत्न राज्य क्याम्पसमा संगीतमा ‘ब्याच्लर इन म्युजिक’ गर्दै गरेका उनको यो दोश्रो एल्बममा रहेको ‘ यो सम्बन्ध’ बोलको गीत पनि चर्चाको शिखरमा रहेको छ । उनको आफ्नै संगीतमा तयार भएको यो गीतका गितकार रबि मल्ल हुन् ।

बिभिन्न साङितिक कार्यक्रममा ब्यस्त हुन थालिसकेका राजनको यस् एल्बममा ५ गीत सङ्रहित छन् । यो सम्बन्धबाटै कम्पोजरको रुपमा पनि देखा परेका राजनले यस् एल्बमका अन्य गीतमा पनि कम्पोज गरेका छन् । उनको आफ्नै कम्पोजको ‘तिमी नै मेरो हर खुशी’ बोलको गीतमा भने आकंक्षा बस्यालले उनलाई साथ दिएकी छिन् । यसको पनि भिडियो चाडै सार्वजनिक गर्ने तयारीमा रहेको बताएका छन् । चलचित्र ‘मन मनमा’ धेरै धेरै मन पर्छ मोरी… गीत गाएर प्ले ब्याक सिङरमा प्रबेश गरेका उनले अरु चलचित्रमा गाउनको लागि अफर आएको र गाउने क्रममा रहेको आर्टिस्ट नेपाल टिमलाई जानकारी दिएका छन् ।