गायक उदेश श्रेष्ठको गीत ‘मलाइ तिमी मन पर्यो’ एक कार्यक्रम बिच सार्वजनिक

Written by Artist Sansar

काठमान्डौमा एक कार्यक्रमको आयोजना गर्दै गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । क्युज सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा स्वयम् गायक श्रेष्ठ नै फिचर्ड छन् । सार्वजनिक गीतमा उदेशकै स्वर र संगीत रहेको छ भने शब्दमा अर्जुन पासवानले सघाएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ गायक प्रेमध्वज प्रधानको उपस्थिति रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली उपस्थित थिए । यस्तै कार्यक्रममा संगीतकार तथा गायक जेम्स प्रधान , राहुल प्रधान , शिव परियार लगायतको उपस्थिति रहेको थियो ।

उदेश्य गीतिसंग्रहमा संग्रहित पहिलो गीतको भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित गायक प्रधानले उदेशलाई संगीतमा निरन्तरता दिन आग्रह गरे । ‘उदेशले आफैले गाउनुका साथै संगीत गर्न सक्छन र लेख्ने क्षमता पनि रहेछ । अब उनले संगीतमा आफुलाई निरन्तर लगाउनु पर्छ । उनलाई श्रोताले रुचाइसकेका छन् , त्यसैले निरन्तर गीतसंगीत मार्फत साक्षात्कार गर्नु पर्छ’ प्रेमध्वजले भने ।यस्तै कार्यक्रममा उदेशले गायक प्रेमध्वजको सफल गीतहरु गाए । उनले लाइभ ब्याण्डसंग तारा मात्र होइन तिमीलाई , घुम्तीमा न आउ है , तारा मात्र होइन तिमीलाई गीत गाएका थिए । उनले प्रेमध्वजकै अगाडी गीत गाउनु पाउदा आफुलाई भाग्यमानी रहेको बताए । यता गीत सुनिसकेपछि प्रेमध्वजले पनि मुक्तकण्ठले प्रसंसा गरे ।

यो जुनीमा तिम्रो हुन् सकिन , किन मायामा यति धेरै चोट हुन्छ , तिम्रो लागि आज म धेरै लगायतका गीतसंगीत मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाएका उदेशले यसै गीत मार्फत मोडलिङ सुरु गरेका हुन् । गीतमा उनलाई ,माङ्गसा लिम्बु , सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ् दिएकी छिन् । गीतमा छेवाङ्ग लामाको निर्देशन रहेको छ । गीत सार्वजनिक कार्यक्रममा उपस्थित राजेश्वर ज्ञवालीले पनि उदेशको प्रसंसा गरे ।

‘हामी नेपाली कला र संस्कृतिको उत्थानका निमित सदैव तयार छौ’ ज्ञवालीले भने । नेपाली गीतसंगीत र साहित्यसंग नजिक रहेका ज्ञवालीले गीतसंगीत मार्फत महानगरले पुर्याउन सक्ने टेवाका निमित सदैव तयार रहेको प्रतिक्रिया पनि दिए । भिडियो सार्वजनिक कार्यक्रममा उदेशको परिवारको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रेमध्वज , विशिष्ट अतिथि राजेश्वर , जेम्स , राहुल लगायतलाई मायाको चिनोको रुपमा नेपाली टोपीसंगै सारंगी प्रदान गरिएको थियो । गीत सार्वजनिक कार्यक्रममा आफुले पाएको प्रतिक्रियाले उदेश उत्साहित थिए । उनले अब आफ्ना गीतसंगीत मार्फत निरन्तर रुपमा दर्शक तथा श्रोतासंग साक्षात्कार गर्ने बताए ।

‘मैले पाएको मायालाई म घट्न दिने छैन । आफ्नो गीतसंगीत मार्फत अब निरन्तर रुपमा दर्शक तथा श्रोतासंग जोडिने छु’ उनले भने । आफु ट्रेजेडी गीतहरु मार्फत चिनिएको स्वीकार्दै आउँदा दिनमा रोमान्टिक शैलीको गीत मार्फत पनि चिनिने विश्वास व्यक्त गरे । उनले तिमी मन पर्यो रोमान्टिक शैलीको सरल गीत रहेको बताए । ‘यो प्रेम गर्ने जोडीको भावना हो । सरल तरिकाको गीत लिएर आएका छौं’ उदेशले भने ।

About the author

Artist Sansar