बलिउडका गायक तथा कम्पोजर टोनी कक्कर नेपाल आउदै

Written by Artist Sansar

सेप्टेम्बरमा बलिउडका गायक तथा कम्पोजर टोनी कक्कर नेपाल आउने भएका छन् । सिएनआई इभेन्टस्ले क्वान ट्यालेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा कक्करलाई नेपाल ल्याउन लागेको हो ।

टोनीले नेपालमा आफ्ना चर्चित गीतहरुको प्रस्तूति दिने आयोजकले जनाएको छ । कक्करका कोकाकोला तु, धिमेधिमे, यारीयारी लगायतका थुप्रै गीतको प्रस्तूति दिने बताइएको छ ।

यद्यपि आयोजकले कन्सर्टको मिति तथा स्थान भने तय गर्न बाँकी छ ।

About the author

Artist Sansar