जापानमा सुर्य ईनटरनेशनल अवार्ड अन्तिम तयारी, बसुन्धरा भुषाललाई फटाईम एचिभमेन्ट, भुवनलाई कलाकारिता सम्मान

जापानको टोकियोमा अवस्थित नाकानो जेरो हलमा आगामी आईतावार आयोजना हुने ‘सुर्य ईनटरनेशनल अवार्ड’को तयारी पुरा भएकोछ। फिल्मको ६ विधा र गायनका ६ विधा गरि १२ विधामा अवार्ड वितरण गरिने उक्त कार्यक्रमको लागि नेपालबाट शुक्रवार ४ दर्जन बढि कलाकारहरु जापान लाग्दैछन्। यसै समारोहमा कलाकार तर्फ बसुन्धरा भुषाल, भुवन केसी र पत्रकारतर्फ सामिप्यराज तिमील्सिना र श्रिधर पौडेल पनि बिशेष सम्मानित हुनेछन।

एवार्ड कार्यक्रममा ३ दशक भन्दा पनि बढि समय फिल्म क्षेत्रमा निरन्तर क्रियाशिल रहनुभएकी बरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मानित हुनेछिन। त्यस्तै तीन दशक देखी लगातार फिल्म क्षेत्रमा क्रियाशिल रहँदै फिल्म क्षेत्रलाई योगदान पुराउनु भएका सदावहार नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मानित हुनेछन।

देढ दशकदेखी निरन्तर चलचित्र पत्रकारितामा कलम चलाउँदै समग्र चलचित्र क्षेत्रको परिवर्तन विकासको लागि लागिरहनुभएका पत्रकार सामिप्यराज तिमल्सेनालाई सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८ बाट र एक दशक भन्दा लामो समय देखी क्यामराको माध्यमबाट नेपाली चलचित्र क्षेत्रको वास्तविकतालाई प्रस्तुत गर्दै आईरहनुभएका फोटो पत्रकार श्रीधर पौडेललाई सुर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गरिनेआयोजक संस्था सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताए।