modeling workshop in nepal

वर्षाको पहिरन विवादमा संजोगले लेखे, तिम्रो कठिन र संर्घषको समयमा अझ माया गर्नेछु

basic photography workshop

अभिनेत्री वर्षा राउतको आजसम्म पहिरनलाई लिएर आलोचना भएको छैन । रिलमा प्रायः साधारण युवती वा महिलाको भूमिका निर्वाहा गर्दै आएकी वर्षा वास्तविक जीवनमा भने बोल्ड पहिरनमा हिँड्न रुचाउँछिन् । तर, उनको पहिरनलाई लिएर कहिल्यै आलोचना भएन । न त ट्रोलको शिकार नै भएकी थिइन् । यसपटक भने उनी पहिरनका कारण पहिलो पटक नराम्रोसँग ट्रोलको शिकार हुनु परेको छ ।

केही दिनयता उनी फिल्म ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि अष्ट्रेलियामा छिन् । गएको शुक्रवार भएको फिल्मको विशेष प्रदर्शनीमा उनले घाँटीको भाग धेरै खुलेको सेतो र कालो रंग मिसिएको लामो गाउन लगाएकी थिइन् । उक्त पहिरनमा उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । विवाहपछि उनी पहिलो पटक यसरी खुलेकी हुन् । तर, ट्रोलर्सले उनलाई मजाकको पात्र बनाएका छन् ।

यसरी सामाजिक संजाल मार्फत अनेक ट्रोल भने पछि उनलाई साथ र हिम्मत दिन श्रीमान् संजोग कोइराला अगाडि सरेका छन् । अहिले उनी पनि वर्षासँग अष्ट्रेलियामै छन् । उनले वर्षासँगको रोमान्टिक दुई फोटो सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै लेखेका छन्,

‘म तिमीलाई प्रोत्साहन गर्छु, तिमीलाई सम्मान गर्छु । तिम्रो हरेक युद्धमा साथ र सहयोग गर्नेछु । तिम्रो कठिन र संर्घषको समयमा अझ माया गर्नेछु । म तिमीसँग धेरै समय बिताउने कोशिश गर्छु ।’ उनी अगाडि लेख्छन्, ‘तिमीलाई हरेक पल आनन्दित तुल्याउने प्रयास गर्नेछु । तिमी सधैं ठिक र ठिक काम गर्न सक्दिनौ, ठिकै छ । तिमी सबै कुरामा पर्फेक्ट हुन सक्दिनौ तर वास्तविक हुनु ।’

अप्ठ्यारो समयमा एक महिलाले सबैभन्दा ठूलो साथ श्रीमान्बाट चाहन्छन् । वर्षालाई श्रीमान्बाटै बलियो साथ र सहयोग मिलेपछि बजारमा पहिरनलाई लिएर भएको आलोचनाले खासै फरक नपर्ने देखिन्छ ।

artistnepal-tv-ads