Sonika Lama

Singer

ग्ल्यामर गायिकाको रुपमा स्थापित हुँदैछिन सोनिका लामा

युवा पुस्ताकी चर्चित गायिका हुन् सोनिका लामा । उनको ग्ल्यामर छबीले उनलाई मोडेलको रुपमा हेर्नेको पनि कमी छैन । लामो समयदेखि सांगितिक क्षेत्रमा संघर्षशील उनले आफ्नो चौथो एल्बम ‘सोनिका’ पनि सार्वजनिक गरिसकेकी छिन् ।
काभ्रे जिल्लाको भिमखोरि गाविस वडा नं. ३ मा जन्मिएकी सोनिकाले आफ्नो पहिलो एल्बमको रुपमा ” बेसहरा” निकालेकी थिईन । यसैको निरन्तरता स्वरुप दोश्रो एल्बम ‘यो कस्तो यो जीवन’ सार्वजनिक गरिन । यसको सफलता पछी उनले तेस्रो एल्बम ‘सोनिकाको जवानी’ सार्वजनिक गरिन । यस एल्बमबाट पनि सोनिका राम्रैसँग चिनिइन् साङ्गीतिक बजारमा । हाल उनी राष्ट्रिय तथा अन्तरास्ट्रिय कन्सर्टहरुमा ब्यस्त छिन् ।
प्रस्तुत फोटो उनले आर्टिस्टनेपाल डट कमको लागि ए एन फेसन स्टुडियोसमा फोटोसुट गरेकी हुन ।