कलाकारितामा कला अनी गला दुबै चाहिन्छ। यिँ दुबै रुपले धनी गायिका हुन् शुशिला पाठक। आफ्नो लक्ष उद्देश्य एवं गन्तव्यमा पुग्नकालाई दृढ संकल्प सहित निरन्तर रुपमा लागी रहनुपर्छ भन्ने मान्यता राख्ने सुशिला नेपाली संगीतमा आफ्नो अमिट छाप छाड्ने उदेश्य साथ लागिरहेकी उनी श्रोतामाझ चिनिने क्रममा छिन्।
हलक्कै ज्यान बढ्यो रे
लाली जोवन चढ्यो रे…
केके भयो उनलाई देखी लाग्यो लाज साँची
पिरतिको तालमा नाच्छु कम्मर भाँचि भाँची…
गीतकार विष्णु गुरुङ तथा विशिष्ट संगीतकार शिलाबहादुर मोत्तानको संगममा यि गितहरु उनका परिचय हुन । पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाइरहेकी सुशिलाले दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज दिईसकेकी छिन्।
नयाँ एल्बम हालसालै सार्वजनिक गरेकी गायिका शुसिला पाठकको प्रस्तुत फोटो आर्टिस्ट नेपाल स्टुडियोमा कैद गरिएको हो। कुबेर तमाङको फोटोग्राफीमा रोजी सिंह लुईटेलले मेकअप गरेकी हुन । मोडलिङमा पनि रहर बोकेकी सुशिलाले फोटोसुटको क्रममा मोडेल झै प्रस्तुत भईन । उनी आफ्न केही गीतमा मोडेल झै प्रस्तुत पनि भएकी छिन्।