भारतीय चर्चित गायक सान काठमाडौंमा

भारतीय चर्चित पार्श्व गायक सान्तनु मुखर्जी (सान) शुक्रबार काठमाडौं आएका छन् …[+]

आर्टिस्ट नेपाल। भारतीय चर्चित पार्श्व गायक सान्तनु मुखर्जी (सान) शुक्रबार काठमाडौं आएका छन् । उनी ‘ एनसेल शो’ का लागि काठमाडौं आएका हुन् काठमाडौं आउनासाथ बौद्द स्तुपाको तस्बिरसहित उनले ट्विटरमा लेखेका छन् – ‘ एनसेल शोका लागि पहिलो पटक काठमाडौं आएको छु’ ।

सेप्टेम्बर ३० १९७२ मा मध्य प्रदेशमा जन्मेका शान भारतीय टेलिभिजन च्यानलहरुका लोकप्रिय कार्यक्रम सारेगमप, सारेगमप लिल च्याम्पस, स्टार भ्वाइस अफ इन्डियाका कार्यक्रमका सञ्चालन पनि हुन् । सानका चलचित्र ‘फंना’को ‘ वल्लाह वल्लाह’, ‘थ्री ईडीएट्स’को ‘बहती हावा सा था वो’, ‘साबरिया’को ‘ज से तेरे नैना’ लगायतका चर्चित गीतहरु रहेका छन् ।

सानले आलोकश्रीको संगीत र एसपी कोइरालाको शब्दमा ‘आधा जिन्दगी बितिसक्यो’ बोलको नेपालि गीतमा पनि स्वर दिएका छन् ।